• जेष्ठ ५ २०८३, मंगलवार

प्रियंका कार्कीको घरमा चोरी

कार्तिक ९ २०७९, बुधबार

काठमाडौं । चलचित्र अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । उनको ललितपुरको भैंसेपाटीस्थित महतो मार्गमा रहेको घरमा सोमबार राति चोरी भएको हो ।

चोरले उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरगहना र ५ लाख ५० हजार रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेको छ ।

बेलुका लक्ष्मीपूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए । चोरको विषय अनुसन्धान लगभग सकिन लागेकोले चोर छिट्टै पत्ता लाग्ने एसपी सुधीरराज शाहीको भनाई रहेको छ ।