• जेष्ठ ५ २०८३, मंगलवार

बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि सर्वोच्च अदालत ११ देखि ३ बजेसम्म खुल्ने

कार्तिक ८ २०७९, मंगलवार

काठमाडौैं । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ ।

सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटिकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।

न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।