• जेष्ठ ५ २०८३, मंगलवार

आज दिउँसो खण्डग्रास सूर्यग्रहण लाग्दै,नाङ्गो आँखाले नहेर्न विज्ञको सुझाव

कार्तिक ८ २०७९, मंगलवार

काठमाडौं ।  आज मंगलबार कात्तिक कृष्ण औंसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण  लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ ।

नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भटराइले बताए  । विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने बताए ।

कतिपयले सूर्यग्रहणका कारण लक्ष्मी पूजा सोमबार सरेको बताएपनि त्यो सत्य नभएको नेपाल पंचाङ्ग निर्णायक समितिका सदस्य देवमणी भट्टराईले बताउदै तिहारमा औंसीको घडीमा प्रदोष समय भेटिएको बेला लक्ष्मी पूजा मनाउने शास्त्रीय मान्यता अनुसार सोमबार लक्ष्मी पूजा मनाइएको बताए ।

धार्मिक मान्यता अनुसार ग्रहण लागेको बेला खान नहुने धारणा रहेपनि विज्ञान अनुसार ग्रहणका बेला खाना खाँदा कुनै असर नगर्ने विज्ञहरु बताउँछन् ।