• जेष्ठ ५ २०८३, मंगलवार

चुनावको मुखमा धनुषामा ३७ लाख सहित एकजना प्रक्राउ, पार्टीका नेताले परिचालन गरेको हुनसक्ने अनुमान

कार्तिक ६ २०७९, आईतवार

काठमाडौँ  । धनुषामा स्रोत नखुलेका साढे ३८ लाख रकम बरामद भएको छ । आइतबार जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाबाट अवैध रकमसहित महोत्तरी भंगहा नगरपालिका १ का २१ वर्षीय शुवमराज चौवे पक्राउ परेका हुन् ।

मोटरसाइकलमा जनकपुरधामतर्फ आउने क्रममा प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनले बोकेको कालो रंगको झोलाबाट एक हजारका नोटको २९ बन्डल र पाँच सयका नोटको १९ बन्डल गरी साढे ३८ लाख रुपैयाँ बरामद गरेको हो ।

बरामद भएको पैसा प्रहरीले भन्सार कार्यालय जनकपुरधाममा पठाएको छ । पक्राउ परेका चौवे प्रहरीको नियन्त्रणमा छन् । चुनावको मुखैमा पैसा बरामद गरिएकाले कुनै उमेदवारको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले चुनाव लक्षित विशेष सुरक्षा योजना अन्तर्गत सीमामा थप निगरानी बढाएको छ ।