कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझ जिल्लाको बाणगंगा नगरपालिका वडा नं ३ सिउटीमा सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा साइकलमा सवार यात्रु र एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो ।
चार नम्बरबाट तौलिहवातर्फ जादै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मृत्यु हुनेमा सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरी रहेको प्रहरीले जनाएको छ । यस्तै स्थानीय अमर तङनामीको पनि निधन भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ । थप ४ जनाको सामुदायिक अस्पताल चारनम्बरमा उपचार भइरहेको छ ।