काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन, गाँजा, नियन्त्रित एम्पुल र लाखौँ रुपैयाँसहित २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यकामा लागूऔषध खैरो हेरोइन, गाँजा तथा नियन्त्रित एम्पुलको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा यस व्यूरोबाट खटिएको प्रहरी टोलीले लाखौँ रुपैयाँ नगदसहित २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
लागूऔषध खैरो हेरोइन ३३.४ ग्राम, डिजिटल तराजु थान १, नगद ११ लाख २५ हजा ५ सय रुपैयाँ नगदसहित ८ जना पक्राउ
काठमाडौं महानगरपालिका वडा नम्बर–७ चावहिलस्थित सडक किनारबाट लागूऔषध खैरो हेरोइन ३ ग्रामसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई गत असोज २६ गते प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोलुखुम्बु, पासाङल्हामु गाउँपालिका वडा नम्बर–२ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर–७ बस्ने ३६ वर्षीय ग्याल्जेन शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर–७ चावहिलस्थित सडक किनार र डेराकोठाबाट लागूऔषध खैरो हेरोइन २७ ग्राम र १ थान डिजिटल तराजुसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत असोज २७ गते इलाम फाकफोकथुम गाउँपालिका वडा नम्बर–२ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर–७ बस्ने २७ वर्षीय दिनेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तामाङको साथबाट थप ०.५ ग्राम र डेराकोठाबाट २६.५ ग्राम र डिजिटल तराजुसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाम, माई नगरपालिका वडा नम्बर–४ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर–७ बस्ने २४ वर्षीया सिर्जना राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सोही जिल्ला फाकफोकथुम गाउँपालिका वडा नम्बर–२ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर–७ बस्ने २५ वर्षीय कृण्ण तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं टोखा नगरपालिका वडा नम्बर–३ साङलेखोलास्थित सडक किनार र डेराकोठाबाट लागूऔषध खैरो हेरोईन ४.६ ग्रामसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोट, लिखु गाउँपालिका वडा नम्बर–५ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर–१६ बस्ने २७ वर्षीय सरोज राईलाई प्र्हरीले नियन्त्रणमा लिएको हो । उनलाई गत असोज ३० गते नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै ४.६ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित ११ लाख २५ हजार ५ सय नगद प्रहरीले बरामद गरेको छ । उक्त नगदसहित नुवाकोट, लिखु गाउँपालिका वडा नम्बर–३ स्थायी ठेगाना भई हाल काठमाडौं. टोखा नगरपालिका वडा नम्बर–९ बस्ने ३४ वर्षीय कृण्ण बहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सर्लाही, लालबन्दी नगरपालिका वडा नम्बर–२ स्थायी ठेगाना भई हाल काठमाडौं टोखा नगरपालिका वडा नम्बर–३ बस्ने २६ वर्षीय रंञ्जित गोलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध लागूऔषध बिक्रि वितरणबाट आर्जन गरेको २५ लाख ५ हजार नगद बरामद गर्नुको साथै उनलाई प्रहरीले नियन्त्रण लिएको हो ।
गोलेसँगै धादिङ, थाक्रे गाउँपालिका वडा नम्बर–५ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर–१६ मा खाजा घर सञ्चालन गर्ने ३७ वर्षीया शर्मिला तामाङलाई पनि प्रहरीले नियन्त्रण लिएको छ ।
नियन्त्रित लागूऔषध एम्पुल २१ सय ४० पिस, बुप्रेनोर्फिन ६७६, डाइजेपाम ६७६, फेनारगन ७२१ सहित १० जना पक्राउ
काठमाडौं महानगरपालिका वडा नम्बर–१६ बालाजुस्थित सडक किनारबाट लागूऔषध एम्पुल १२ सय पिससहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा, बहुदरमाई नगरपालिका वडा नम्बर–१ स्थायी ठेगाना भएका १९ वर्षीय संन्दीप दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै चितवन, भरतपुर महानगरपालिका वडा नम्बर–१४ स्थायी ठेगाना भई हाल ललितपुर, महानगरपालिका वडा नम्बर–२ बस्ने २४ वर्षीया मेलिना भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट १ सय पिस एम्पुल प्रहरीले बरामद गरेको छ । दास र भण्डारीलाई गत असोज २८ गते प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै पर्सा, छिपहरमाई गाउँपालिका वडा नम्बर–५ स्थायी ठेगाना भएका २३ वर्षीय दिपु प्रसाद कुश्हवा, चितवन, भरतपुर महानगरपालिका वडा नम्बर–१४ स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका वडा नम्बर–२ बस्ने २७ वर्षीय श्रीकृण्ण भण्डारी, र पर्सा छिपहरमाई गाउँपालिका वडा नम्बर–५ स्थायी ठेगाना भएका २३ वर्षीय उपेन्द्र प्रसाद कुशहवालाई प्रहरीले पर्साबाट नियन्त्रणमा लिएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर–१५ स्वयम्भूस्थित सडक किनारबाट लागूऔषध एम्पुल ६ सय पिससहित पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर–९ स्थायी ठेगाना भएका १९ वर्षीय कृसन साह तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने सिलसिलामा पर्साबाट थप दुई जनालाई प्रहरीले नियन्त्रण लिएको छ । उनीहरूलाई गत असोज २८ गते प्रहरीले नियन्त्रणमा लिएको हो ।
पर्सा, बहुदरमाई नगरपालिका वडा नम्बर–१ स्थायी ठेगाना भएका १९ वर्षीय चन्दन महतो, सोही जिल्ला र नगरपालिका वडा नम्बर–२ स्थायी ठेगाना भएका २३ वर्षीय सुवास सहनीलाई प्रहरीले पर्साबाट नियन्त्रणमा लिएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर–९ सिनामंगलस्थित सडक किनारबाट लागूऔषध एम्पुल २४० पिससहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी, शम्भुनाथ नगरपालिका स्थायी ठेगाना भएका २७ वर्षीय चन्दन कुमार दास, भारत मधुवनी जिल्ला थानामा विश्रामपुर ठेगाना भएका २५ वर्षीय शम्भु कुमार साहलाई प्रहरीले नियन्त्रण लिएको हो । उनीहरूलाई यहीँ महिनाको २ गते नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लागूऔषध गाँजा : १५ केजी ९१७ ग्रामसहित ३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार विभाग कार्यालय समेतबाट १५ केजी ९१७ ग्राम लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की, पोखरा महानगरपालिका वडा नम्बर–६ स्थित गेष्ट हाउसबाट भारत मेघालय रिभ्बाय जिल्ला नङपोथाना स्थायी ठेगाना भएका २३ वर्षीय सन्दीप शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई असोज १६ गते प्रहरीले नियन्त्रणमा लिएको हो ।
यहीँ महिनाको २ गते वैदेशिक हुलाक भन्सार कार्यालय डिल्लीबजारबाट लागूऔषध गाँजा २०८ ग्रामसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखा पालुङटार नगरपालिका.वडा नम्बर–२७ स्थायी ठेगाना भई हाल काठमाडौं, टोखा नगरपालिका वडा नम्बर–९ बस्ने २७ वर्षीय सचिन देवकोटा र काठमाडौं महानगरपालिका वडा नम्बर–१६ स्थायी ठेगाना भएका ३२ वर्षीय सौरभ सान्डिललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका निजहरू उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र कुमार खड्काले बताए ।