काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नागरिकसँग टेलिफोनमा कुरा गर्ने तयारी गरेका छन् ।
ओलीसँग कुराकानीको लागि एकलाख ७१ हजारभन्दा धेरैले नाम टिपाएको एमालेले जनाएको छ ।
ओलीले मंगलबार आफ्नो सामाजिक सञ्जालमा सम्पर्क नम्बर पठाउन अनुरोध गरेका थिए । प्राप्त नम्बरका आधारमा उहाँले आज कुराकानी गर्ने तयारी छ ।