काठमाडौं । जनकल्याण बचत साकाेस सेवाकेन्द्रले दिपावली- छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
सेवाकेन्द्रको सिउडीबार शाखाका संयाेजक टक ब. गुरुङकाे अध्यक्षतामा शुभदिपावली, छठ, लाेछारकाे उपलक्ष्यमा बुधबार सुन्दरबजार नगरपालिका ९ भाेटेओडार, लमजुङ सिउडीबारमा शुभकामना आदान प्रदान एंव चियापान कार्यक्रमकाे आयाेजना गरिएको थियो ।
साे अवसरमा नेकपा ( ऐमाले) पार्टी वडा नं ९ का पुर्व वडा अध्यक्ष माेति प्रसाद गुरुङ, केन्द्रीय उपाध्यक्ष ठाकुर गुरुङ, सचिव चित्र ब.गुरुङ, ऋण समितिका संयाेजक गम ब. घले, भाेटेओडार, बजार व्यवस्थापनका पुर्व अध्यक्ष कुल ब. गुरुङ, समुताँ गुम्बाका अध्यक्ष वीर सिंह घले, तमु ह्युल छाेजंधी लमजुङका पुर्व उपाध्यक्ष टकमाया गुरुङ,समुताँ तमु समाजका उपाध्यक्ष धन ब. गुरुङ, द्वारे गाेपीराम गुरुङ, सचिव चन्चल प्रसाद गुरुङ,भुपु सैनिक आबसिय माबिका शिक्षिका दुर्गा गुरुङ, भुपु सैनिक कर्म रेखा संस्थाकाे काेषाध्यक्ष, खुसि राम गुरुङ, जन कल्याण बचत साकाेसकाे केन्द्रिय सचिब चित्र ब. गुरुङ,समेतले सबै अतिथिहरुलाई स्वागत गर्दै संस्थाकाे गतिविधिमा संस्थाकाे सेयर सदस्य संख्या १२,२६९/- कुल सेयर पुजी रु ६, ८७,८६, ६००/- सेबा केन्द्रहर आठ स्थानामा स्थापित भईसकेकाे आजैका मितिबाट न्युनतम ५०००/ – देखि २ लाख सम्म शेयर खुल्ला गरेकाे पनि जानकारी दिनुभयो । साथै संस्थाले न्युन ब्याजदरमा ऋण लगानी गर्दै आएको समेत जानकारी दिनुभयो ।
जन कल्याणका उपाध्यक्ष ठाकुर गुरुङ , बजार व्यवस्थापनका अध्यक्ष कुल ब. गुरुङ, समुताँ गुम्बाका अध्यक्ष वीर सिंह घले, तमुह्युल छाेज धीं बेशिशहर लमजुङका पुर्व उपाध्यक्ष टकमाया गुरुङ,भुपु सैनिक कर्म रेखा संस्थाका काेषाध्यक्ष खुसिराम गुरुङ समेतले शुभकामना मनतव्य दिनुभएको थियो ।
जन कल्याण बचत साकाेस सिउडीबार शाखाका संयाेजक टक ब गुरुङले सबै उपस्थित अतिथिहरु र अन्य संघ संस्थाका प्रतिनिधिहरु सबैलाई धन्यबाद दिंदै कार्यक्रम समापन गरेका थिए ।