काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले कात्तिक ५ गतेभित्र हातहतियार बुझाउन निर्देशन दिएको छ ।
बुधवार सूचना प्रकाशन गर्दै प्रशासनले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न नजिकको इलाका प्रहरी कार्यालयमा हातहतियार बुझाउन निर्देशन दिएको हो ।
लाइसेन्स प्राप्त भएका हातहतियार धनीहरूले प्रशासनलाई बुझाएको हातहतियार निर्वाचन सम्पन्न भएको एक हप्तापछि फिर्ता पाउने छन् । प्रशासनको निर्धारित समयमा हातहतियार नबुझाए उक्त हातहतियार जफत गरी कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।