काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका ४ स्थित चिउरीमा बुधबार दिउँसो जिप दुर्घटनामा परेको हो ।
प्रारम्भिक विवरण अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा घाइतेहरूको उद्धारमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङमा डिएसपी जागेश्वर भण्डारीले बताए । भण्डारीका अनुसार थप विवरण आउन बाँकी छ ।