• जेष्ठ ५ २०८३, मंगलवार

५.९ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि

कार्तिक २ २०७९, बुधबार

काठमाडौं। बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौंसहितका आसपासका ठाउँमा महसुस भएको थियो । काठमाडौं उपत्यकामा त धक्का थाहा पाउनेहरु घर बाहिर नै निस्केका थिए ।