• जेष्ठ ५ २०८३, मंगलवार

यी हुन् २६ वर्षको उमेरमै वातावरण मन्त्री बन्ने रोमिना

कार्तिक २ २०७९, बुधबार

एजेन्सी । स्वीडेनमा २६ वर्षीया रोमिना पोरमोकतारी जलवायु तथा वातावरण मन्त्री नियुक्त भएकी छिन् । नवनियुक्त प्रधानमन्त्री उल्फ क्रिस्टरसनले रोमिनाले अक्टोबर १८ देखि पदभार ग्रहण गरेकी हुन् ।

रोमिना स्वीडिस क्याबिनेटमा प्रतिनिधित्व गर्ने हालसम्मकै कम उमेरकी मन्त्री हुन् । उनी लिबरल पार्टीको युथ विङकी प्रमुख थिइन् र वातावरणलाई आफ्नो राजनीतिक एजेन्डाका रुपमा प्रस्तुत गर्दै आएकी थिइन् ।