• जेष्ठ ५ २०८३, मंगलवार

नेकपाको नवौँ महाधिवेशनबाट महासचिवमा पुनः विप्लव चयन

कार्तिक २ २०७९, बुधबार

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नवौँ महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन् ।

महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् ।

महाधिवेशनका निर्णयहरू काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताइएको छ । नवौँ महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृह क्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो ।