• बैशाख २७ २०८३, आईतवार

कर्णाली राजमार्गको जुम्ला खण्ड खुल्यो

कार्तिक १ २०७९, मंगलवार

काठमाडौं। लगातारको वर्षा पछिको पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड खुलेको छ ।

एक हप्ता लामो प्रयासपछि नाग्म खण्ड खुलेको र गाडी चल्न चालेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जुम्ला नाग्म खण्डको रारालिहीदेखि नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको थियो ।

कर्णाली राजमार्गमा खटिएका सवइन्जिनियर गोविन्द अधिकारीका अनुसार जुम्ला–नाग्म खण्ड खुले पनि कर्णाली राजमार्गको अन्य ठाउँको पहिरो हटाउने काम भइरहेको छ ।