• बैशाख २७ २०८३, आईतवार

जनताका समस्या समाधान गर्न आफू राजनीतिमा लागेको रामचन्द्र पौडेलको भनाई

कार्तिक १ २०७९, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका समस्या समाधान गर्नका निम्ति आफू राजनीतिमा लागेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताइन् ।

लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिए।