• जेष्ठ ५ २०८३, मंगलवार

प्रहरीले सन्दीपलाई थप समय हिरासतमा लिएर अनुसन्धान गर्दै

कार्तिक १ २०७९, मंगलवार

काठमाडौं । प्रहरीले बलात्कारको आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा लिएर थप अनुसन्धान गर्ने तयारी गरेको छ । यसअघि ७ दिन र थप ५ दिन म्याद थप गर्दा पनि अनुसन्धान पुरा नभएको भन्दै प्रहरीले थप ७ दिन हिरासतमा लिएर अनुसन्धान गर्न लागेको हो ।

यसअघि गत २० असोजमा पक्राउ परेका लामिछानेलाई सार्वजनिक विदाका कारण २४ असोजमा मात्र पहिलो पटक अदालत उपस्थित गराइएको थियो । सुरुमा ७ दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएको भन्दै दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो ।