काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता नगरी व्यवसाय सञ्चालन गर्नेलाई कारबाही गर्ने भएको छ ।
महानगर क्षेत्रभित्र दर्ता गरेर मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न महानगरले आग्रह गरेको हो ।
व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएको भन्दै महानगरले ३० दिनभित्र आफ्नो नजिकको बडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न आग्रह गरेको छ ।
महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिबानासमेत असुल गर्ने चेतावनी दिइएको छ ।