• जेष्ठ ४ २०८३, सोमबार

राष्ट्रियसभा अध्यक्ष तिमल्सिना बेलायत पुगे

आश्विन ३१ २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बेलायत पुगेका छन् ।

तिमल्सिना आज सोमबार १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना साँझ उद्घाटनमा सहभागी हुन बेलायत पुगेका हुन् ।  बिहान हिथ्रो बिमानस्थलमा पुगेका अध्यक्ष तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गरेका थिए ।

तिमल्सिनालाई स्वागत गर्न ओएनएफ युकेका नेताहरू बालकृष्ण भुसाल, भीमलाल भट्टराई, गंगा क्षेत्री, अलकल जंग लामा, सरस्वती केसी, भुपेन्द्र पाठकलगायतले एयरपोर्टमा स्वागत गरेका थिए ।