• जेष्ठ ४ २०८३, सोमबार

५ हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

आश्विन ३१ २०७९, सोमबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको छ ।

अख्तियारको हेटौडा कार्यालयको टोलीले सोमबार प्रशासन कार्यालयको को मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत यादवलाई ५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।