काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्धमा बागी उम्मेदवार दिएकाहरुलाई पार्टीबाट निस्कासन गरेको छ।
‘…समयभित्र उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारहरु, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको कुरा अवगत गराउन चाहन्छौँ’, सोमबार माओवादीका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
