• जेष्ठ ४ २०८३, सोमबार

नेपाल प्रहरीका एसपी सन्तोष खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता

आश्विन ३१ २०७९, सोमबार

काठमाडौं । नेपाल प्रहरीको यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्ताको सम्मान प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले पाएका छन् । विशेष ब्यूरोमा कार्यरत खड्कालाई ६७ औं दिवसको अवसरमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् ।

नेपाल प्रहरीले हरेक वर्ष प्रहरी दिवसको अवसरमा ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को पुरस्कार प्रदान गर्दै आएको छ । यो पटकदेखि ५१ हजार नगदसहितको पुरष्कार आईजीपी मोतिलाल बोहराले प्रायोजन गरेका छन् ।

‘मोतीलाल बोहरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार पाएका खड्काले ५१ हजार नगद र सम्मान पत्र प्राप्त गरेका हुन् । नेपाल प्रहरीमा खड्का काबिल अफिसरको रुपमा परिचित छन् ।