• बैशाख २७ २०८३, आईतवार

प्रदेशसभामा खस आर्य उम्मेदवार अग्रस्थानमा छन् भने थारु उम्मेदवार न्यून स्थानमा

आश्विन ३० २०७९, आईतवार

काठमाडौं। निर्वाचन आयोगले जात र समुदायका आधारमा परेको उम्मेदवारीको विवरण सार्वजनिक गरेको छ । आसन्न प्रदेशसभा चुनावका लागि ३ हजार २ सय २४ उम्मेदवारी परेको मध्ये सबैभन्दा धेरै खस आर्य समुदायबाट परेको छ ।

यो समुदायबाट १ हजार ५५ जनाको उम्मेदवारी परेको छ । दोस्रोमा आदिवासी जनजातिको उम्मेदवारी परेको छ । जसअन्तर्गत ९ सय ६ जनाको उम्मेदवारी परेको छ ।

तेस्रोमा मधेसी समुदायबाट ८ सय ७४ जनाको उम्मेदवारी परेको छ । चौथोमा मुस्लिम समुदायबाट १ सय ४५ जनाको उम्मेदवारी परेको छ भने पाचौँमा दलित समुदायबाट १ सय ४४ जनाको उम्मेदवारी परेको छ । यस्तै सवैभन्दा कम थारु समुदायबाट १ सय जनाको उम्मेदवारी परेको छ ।