• जेष्ठ ४ २०८३, सोमबार

यो वर्षको मनसुन देशको सबै भागबाट बाहिरियो

आश्विन ३० २०७९, आईतवार

काठमाडौँ । देशका सबै भागबाट यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि देशका सबै भागबाट सरदरभन्दा १४ दिन ढिला गरी देशका सबै भागबाट बाहिरिएको हो ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘यस वर्षको मनसुन आइतबारदेखि देशको समग्र भूभागबाट बाहिरिएको छ।’

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट शनिबार नै मनसुन बाहिरिएको थियो । यस वर्ष छिटो गरी गएको जेठ २२ गते पूर्वी भू-भागबाट मनसुन प्रवेश गरेको थियो ।

नेपालबाट मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष सो मिति भन्दा १४ दिन ढिलो गरी मनसुन बाहिरिएको हो ।