काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का पोलिट्ब्यूरो सदस्य एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले नयाँ संविधानमाथि तरबार झुण्डिएको बताएका छन् ।
‘विश्वमै उत्कृष्ट संविधान हामीले मिलेरै बनाऔँ । समाजमा पिछडिएका वर्ग र तप्काका मानिसलाई राज्यको मुलधारमा ल्याउने कानुनी व्यवस्था गरियो ।
हरेक दृष्टिकोणले प्रगतिशील संविधान बन्यो,’ क्षेत्र नं. १(क), दाङको लालमटियामा शुक्रबार आयोजित गठबन्धन दलको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले मन्त्री चौधरीले भने,‘तर, केपी ओलीलाई स्वीकार भएन । जनताले खुसी मनाए । तर, केपी ओलीको समूहले त्यो खुुसी देख्न सकेन । त्यसैकारण यतिबेला नेपालको संविधानमाथि तरकार झुण्डिएको छ ।’
क्षेत्र नं. १ को गठबन्धनको उमेदवारसमेत रहेका सहरी मन्त्री चौधरीले आफ्नै कारण मुलुकमा खरको छानो हटाउने राष्ट्रिय अभियान चलेको बताए । संकटको बेला नेपालका दलहरू एक ठाउँमा आउने गरेको इतिहास रहेको उनको भनाइ छ ।