• जेष्ठ ४ २०८३, सोमबार

बबई नदी तर्नेक्रममा बगेका चौधरीको शव भेटियो

आश्विन २९ २०७९, शनिबार

घोराही । बबई नदी तर्ने क्रममा बगेर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ का ५१ वर्षीय इन्द्रबहादुर चौधरीको शनिबार बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । उनी शुक्रबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बाट नदी पार गर्दै थिए । त्यसक्रममा उनलाई नदीले बगाएको थियो ।

नदीमा बेपत्ता भएका उनको आज शव फेला परेको हो । चौधरी बिहीबार तुलसीपुर-१३ स्थित गिधन्या गाउँमा आफन्तको १३ दिने शुद्धिशान्तिको कार्यक्रममा सहभागी हुन गएका थिए । शुद्धिशान्तिको कार्यक्रमा सहभागी भई शुक्रबार बबई तर्ने क्रममा उनलाई बगाएको हो ।

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमर्टम पछि चौधरीको शव आफन्तले बुझेर लगेको प्रहरीले जानकारी दिएको छ ।