काठमाडौं । प्रहरी संगठनको गोप्य सूचना चुहाएको अभियोगमा तीन महिनादेखि हिरासतमा रहेका सशस्त्रका बरिष्ठ प्रहरीका हवल्दार नरेश साहु हिरासतमुक्त भएका छन्। प्रहरी संगठनको गोप्य सूचना चुहाएको अभियोगमा शसस्त्र प्रहरीले उनी माथि आरोप लगाएको थियो । उनले हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको आरोप लगाएको थियो।
सशस्त्र प्रहरीको विशेष अदालतले आरोप पुष्टि नहुने फैसला गरेसँगै हिरासतमुक्त भएका छन् । सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरूषोत्तम थापाका अनुसार आरोप पुष्टि नभएपछि बुधबार नै उनलाई रिहा गरिसकको छ । अब साहुमाथि विभागीय कारबाही मात्रै हुने थापाले जानकारी दिए ।
दार्चुलास्थित महाकाली नगरपालिका–२ मुल्लाका सशस्त्र प्रहरी हवल्दार साहुले सशस्त्रको ४४ नम्बर गणका सशस्त्रलाई बिदामा छाडेर रासनभत्तामा अनियमितता गरेको सूचना बाहिर ल्याएको आरोप लागेको थियो।
गणभित्रको हाजिरी विवरणसहित सार्वजनिक भएपछि सशस्त्रले छानबिन गर्दै उनलाई प्रारम्भिक रुपमा दोषि रहेको भन्दै हिरासतमै राखेर कारबाही अगाडि बढाइएको थियो।