काठमाडौं । सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुले राजीनामा नदिएको वर्खास्त गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।
बिहीबार साझसम्म प्रधानमन्त्री जसपाको मन्त्रीहरुको राजीनामा पर्खाइमा रहने कांग्रेसबाट प्रतिनिधित्व गर्ने एक मन्त्रीले बताए ।
उनले भने, ‘उहाँहरुले राजीनामा नगरेर हटाउने तयारी भइसकेको छ।’ यस विषयमा सत्ता गठबन्धनमा यसअघि नै छलफल भइसकेकको छ।