• बैशाख २६ २०८३, शनिबार

शंकर पोखरेलको प्रश्नः विदेशीलाई विवाह लगतै नागरिकता दिन प्रचलन दक्षिण एशियामा कहाँ छ?

आश्विन ६ २०७९, बिहीबार

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले विवाह लगतै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ भनि प्रश्न गरेका छन् ।

बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेललेले सो कुरा बताएका हुन् । ‘नागरिकताका सम्बन्धमा हाम्रो पार्टी सदैव स्पष्ट छ । नेपाली नागरिकहरुले नागरिकताको अधिकार पाउनुपर्छ । यो नेकपा एमालेको मान्यता हो’, उनले जन्म सिद्धका सन्तानलाई नागरिकता दिन आफ्नो नेतृत्वको सरकारले अध्यादेश ल्याएको दाबी गरे ।

‘यतिवेला हाम्रो विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्रहरु भएका छन् । एउटा षडयन्त्रका रुपमा नागरिकताको विषयलाई हाम्रा पार्टीका विरुद्धमा प्रयोग गर्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएको छ ।’, पोखरेलले नागरिकताका विषयमा एमाले स्पस्ट रहेको दाबी गरे ।