• बैशाख २६ २०८३, शनिबार

धोबीचौरका अनधिकृत संरचनामा महानगरद्धारा डोजर चलाइयो

भाद्र २२ २०७९, बुधबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले धोबीचौरमा रहेको अनधिकृत संरचनाहरु हटाएको छ । वडा नम्बर १७ स्थित धोबीचौरमा रहेको नक्सा पास नगरी बनाइएका टहरा र निर्माणधीन अस्थायी भवनहरुमा महानगरले डोजर चलाएको हो ।

बुधबार बिहान महाराजगञ्ज, बसन्धुरा क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको महानगरले धोबीचौरको अनधिकृत टहरा हटाएको हो ।

महानगरपालिकाले पछिल्लो समय अनधिकृत संरचनाहरु हटाउँदै आएको छ । नगर प्रहरी उपरीक्षक शिव पौडेलका अनुसार क्षेत्रपाटी, धोबीचौर क्षेत्रमा अनधिकृत संरचना, फुटापाथ अतिक्रमण र अनाधिृत भवन निर्माण लगायत समस्या छ ।महानगरको सूचना बेवास्ता गरेपछि डोजर चलाउन बाध्य भएको उनले बताए ।

वडास्तरबाट महानगरमा भएको रिपोर्टिङको आधारमा अनधिकृत संरचना हटाएको हो । काठमाडौं महानगरले ३२ वटै वडाध्यक्षहरुलाई आफ्नो वडामा रहेको अनधिकृत संरचना, नक्सा अनुसार वेसमेन्ट प्रयोजन भए-नभएको र फुटपाथ अतिक्रणको अनुगमन गरेर हटाउन अनुरोध गरेको थियो ।

वडाबाट भएको निर्देशन नटेरेमा नगर प्रहरीले बल प्रयोग गरेर हटाउँदै आएको छ ।