• बैशाख २६ २०८३, शनिबार

शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सृजना गर्नु : प्रधानमन्त्री देउवा

श्रावण २६ २०७९, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सृजना गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् ।

नेपाल प्राध्यापक सङ्घको ६०औँ वार्षिक दिवस (हीरक महोत्सव) समारोहको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालय, प्राध्यापक र विद्यार्थीबीच सुमधुर सम्बन्ध कायम गरेर आपसी समस्या र चुनौतीलाई साझा रुपमा समाधान गर्न पनि आग्रह गर्दै विश्वविद्यालय शिक्षालाई थप गुणात्मक र अनुसन्धानमूलक बनाउन राज्यका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

देउवाले विश्वविद्यालयको पठनपाठन गुणस्तरीय, जीवनापयोगी, रोजगारमुखी, समसामयिक र प्रविधिमैत्री बनाइ उच्च शिक्षालाई रोजगारमूलक बनाउन आग्रह गरे ।