• जेष्ठ २ २०८३, शनिबार

कोटेश्वरको दुई तलामाथिबाट खसेर मृत्यु

श्रावण २६ २०७९, बिहीबार

काठमाडौं  । कोटेश्वरमा एक जनाको घरको दुई तलामाथिबाट खसेर मृत्यु भएको छ ।

बिहीबार बिहान काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरमा चिप्लिएर भुइँमा लडी गम्भीर घाइते भएका ५६ वर्षीय चित्र बहादुर तामाङको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कोटेश्वरबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।