काठमाडौं । माइतीघरमा मिटरब्याज पीडितको धर्ना विगत दुई सातादेखि जारी छ । नवलपरासीदेखि आएर माइतीघरमा धर्ना दिइरहेका मिटरब्याज पीडित टन्टलापुर घामको पर्वाह नगरी आफ्नो मागको सम्बोधन चाँदो गरि पाऊ भनि बारम्बार धर्ना दिइरहेका छन् । उनहिरु पशुपतिमा अस्थायी टहरामा बसिरहेका छन् भने दैनिक हिँडेर माइतीघरमा आएर धर्ना दिइरहेका छन् ।
अघिल्लो पटक मिटरब्याजीलाई कारबाही गर्ने सरकारको आश्वासन पाएपछि फर्किएका उनीहरु माग पुरा नभएको भन्दै फेरि काठमाडौं आएका हुन् । उनीहरु काठमाडौं आएर धर्ना दिन थालेको करिब २ हप्ता हुन लागिसक्यो तर केही मिटर पर रहेको सिंहदरबारले भने उनीहरुको माग सम्बोधन गरेको छैन ।
साहु महाजनको नाम नै किटेर उजुरी दिँदा र धर्ना बस्दा पनि सरकारबाट उनीहरुले अहिलेसम्म आश्वासन बाहेक केही पाएका छैनन् । आफ्नो सर्वस्व बेच्दा पनि साहुको ऋण तिर्न नसक्ने र ब्याजमाथि ब्याज थपिँदै गएपछि उनीहरु काठमाडौं आएर हारगुहार गरिरहेका छन् ।