वालिङ नगरपालिका–९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्। वालिङ–१३ स्थित गहाखोला सडकमा बिहीबार बिहान उनी मृत अवस्थामा फेला परेका हुन्। श्रेष्ठ बुधबार रातिदेखि सम्पर्कविहीन थिए।
सिद्धार्थ राजमार्गभन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव स्थानीयले भेटेका थिए । स्थानीयवासीले ग १६ प ५४६१ नम्बरको स्कुटरसहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।
श्रेष्ठको शव गह्रौं प्राथमिक अस्पताल, वालिङमा पोस्टमार्टमका लागि पठाइएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ। गत २०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।