अमेरिका । मगर संघ अमेरिका केन्द्रीय समितिको आठौं बार्षिक साधारणसभा टेक्सास राज्यको डलास शहरमा भब्य रुपमा सम्पन्न भएको छ । उक्त भेलाले आपतकालीन राहात कोषको घोषणा गरेको हो ।
‘अमेरिकाको मुलप्रबाहमा मगरहरुको उपस्थिति र सहभागिता उदाउँदो मगर पुस्ता माझ मगर भाषा, संस्कार र संस्कृति हस्तान्तरण आजको आवश्यकता’ भन्ने मुल नाराका साथ अमेरिकाको विभिन्न १२ राज्यका मगरहरुको ऐतिहासिक भेलाले विभिन्न महत्वपूर्ण कार्यहरु गरेका छन् ।
विगत एकदशक देखि मगर समुदाय माझ चर्चाको बिषय बनेको मगर आपतकालीन कोषलाई मुर्तरुप दिइएको छ । पहिलो चरणमा पचास हजार डलरको कोष स्थापना गर्ने र कोषको गोल ६ महिना भित्र पूरा गरिने,मगर आपतकालीन कोष“ कमिटी सदस्य यम पुन मगरले जानकारी गराएको छ। यसबाट अमेरिकामा मगरहरुलाई आइपर्ने आपतकालीन समस्यहरुमा राहत मिल्नेछ ।
मगर विद्यार्थीहरुलाई हौसला र प्रोत्साहन – संस्था प्रति विद्यार्थीको आकर्षण बढाउने हेतुले सुरुवात गरिएको मगर विद्यार्थी छात्रवृत्ति कोषबाट कृष्ण राना मगर (जर्जिया ) र निर्जल थापा मगर (न्युजर्शी) लाई १÷१ हजार डलर र प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने यसलाई हरेक बर्ष निरन्तरता दिइने छ । मगर विद्यार्थी छात्रवृत्ति कोषका संयोजक डा. कृष्ण थापा मगरले छात्रवृत्ति पाउन सफल विद्यार्थीहरुको नाम सार्वजनिक गर्दै आगामी बर्षका योजनाहरु प्रस्तुत गरेका थिए ।
मगर संघ अमेरिकामा लामो समय सम्म कार्यसमितिमा रहेर काम गरेका मगर संघ अमेरिका केन्द्रीय समितिका बर्तमान सल्लाहकार लक्षमी कुमारी राना मगरलाई सम्मान गरिएको थियो भने स्थापना कालदेखि निरन्तर मगर संघ अमेरिकालाई विभिन्न तवरबाट सहयोग साथ हौसला प्रदान गर्दै आएका डा. गंगा पुर्जा पुन मगर र पत्रकार तथा सामाजिक अभियानता प्रदीप परियार थापा मगरलाई पनि सम्मान गरिएको थियो ।
विभिन्न च्याप्टर कमिटी र अन्य व्यक्तिहरुबाट विधान संशोधनको लागि आएका प्रस्तावहरुमा गहिरो छलफल गरेर पारित गरिएको छ । विधान संशोधन समिति संयोजक लक्षमण राना मगरले संशोधनका लागि आएका प्रस्तावहरु टेबुल गरेका थिए भने सदस्यद्वय लक्ष्मी कुमारी राना मगर र भक्त बहादुर आले मगरले एक÷एक गरेर प्रस्तुत गरेका थिए ।
नेपाल आदिवासी जनजाती अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मन बहादुर राना मगरको प्रमुख आतिथ्य र टेक्सास राज्य युलेसका सिटीका काउन्सिल मेम्बर टीका पौडेलको विशेष आतिथ्यमा सभाको समुद्घाटन गरिएको थियो।
एद्घाटन समारोह समापन मन्तव्य दिने क्रममा मगर संघ अमेरिकाले अमेरिका राज्यबाट पाउन सक्ने सुबिधा र गरिएको प्रयास बारे मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष कुलदिप राना मगरले प्रष्ट पारेका थिए भने नेपालमा बन्न लागेको लखन स्मृति पार्क निर्माणका लागि सहयोग अपिल गरेका थिए। मगर संघ अमेरिकाको आठौं बार्षिक साधारणसभा अहिलेसम्मकै भब्य र व्यवस्थित भएको र टेक्सास च्याप्टरको अग्रहनिय र अमुल्य भुमिका प्रति अध्यक्षले खुलेर प्रसंसा गरेका थिए ।
कार्यक्रमलाई उद्घाटन समारोह, बन्द सत्र र सांस्कृतिक कार्यक्रम गरि तीन चरणमा सम्पन्न गरिएको थियो । कार्यक्रमको बारेमा मगर संघ अमेरिका केन्द्रीय समितिका सदस्य टेक बहादुर थापा मगरले जानकारी दिए . सभाको लागि उपस्थिति विभिन्न च्याप्टर कमिटीहरु मगर मौलिक झाँकी सहितको ¥याली कार्यक्रमस्थलमा प्रवेश गरेको थियो थापामगरले जानकारी दिए ।