काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार प्रदान गरिने भएको छ ।
बुधबार दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा दाहालको नाममा स्थापना भएको पुरस्कार पहिलो पटक महावीर पुनलाई प्रदान गरिने घोषणा भएको हो ।
एक लाख ५० हजार रूपैयाँ रहेको पुरस्कारको राशि दाहाल यज्ञनिधि सुधा सदनका सचिव ठाकुर बेल्वासेले जानकारी दिए । पुन देश बाहिर रहेकाले उक्त पुरस्कार भदौ ४ गते शनिबार राजधानीमा विशेष कार्यक्रम गरेर प्रदान गरिनेछ ।
दाहालको नाममा यसै वर्ष काठमाडौं जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ नामक संस्था दर्ता भएको हो ।