काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले आफूले दर्ता गरेको गाँजा फुकुवा सम्बन्धी गैरसरकारी विधेयक अघि बढाउन माग गरेका छन् ।
प्रतिनिधि सभामा आज बसेको बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले गाँजा खेतीलाई व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक दर्ता गरेको धेरै समय भएको उल्लेख गर्दै त्यसलाई अघि बढाउन आग्रह गरेका हुन् ।