• जेष्ठ २ २०८३, शनिबार

मौसम पूर्वानुमान : आज यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्क रहनुहोस्

श्रावण २२ २०७९, आईतवार

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकोले वर्षाको प्रभाव कायम रहनेछ । जसका कारण अझै केही दिन वर्षा कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यतिबेला देशका अधिकांश स्थानमा सामान्य बदली रहेको छ । बिहानैदेखि गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

त्यस्तै आज दिउँसो देशका हिमाली, उच्च पहाडी र पहाडी भूभागमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज पनि देशका अधिकांश स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।