• बैशाख २६ २०८३, शनिबार

गठबन्धनले सरकार चलाए मुलुक अस्थिपञ्जर बन्छ : ओली

श्रावण २१ २०७९, शनिबार

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनले फेरी पनि पाँच वर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेकपा एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश १ भेलालाई सम्बोधन गर्दै ओलीले वर्तमान गठबन्धनको सरकारले मुलुकलाई संकटको बाटोतर्फ अघि बढाएको भन्दै फेरी पनि पाँच वर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताएका हुन् ।

यसपटकको निर्वाचनमुखी महासंग्राम जसरी भएपनि राष्ट्रवादी देशभक्ति शक्तिले जित्नुपर्ने बताउदै ओलीले समृद्ध नेपाली, सुखी नेपालीको आकाङ्क्षालाई पुरा गर्नका लागि एमालेमा जोडिन आह्वान समेत गरे  ।