इटहरी । सप्तकोसी नदीमा पानीको बहाब उच्च भएसंगै कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ ।
लगातारको वर्षाका कारण शनिबार दिउँसोदेखि सप्तकोसीमा पानीको बहाब बढेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानीको बहाब बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३३ ढोका खोलिएको बताए । सप्तकोसीमा पानीको बहाब एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ।
भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा परेको छ । सप्तकोसीले पश्चिमतर्फ कटान गर्दा सुनसरी र उदयपुरको श्रीलंका टापु डुबानमा परेको छ।