• बैशाख २६ २०८३, शनिबार

प्रचण्ड आज राती जापान जाँदै

श्रावण २० २०७९, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राती जापान जाने भएका छन् ।

आज शुक्रबार राती १०:३० मा प्रचण्ड जापान उड्ने उनको सचिवालयले जनाएको छ ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जाने भएका हुन् ।

प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ । उनी साउन २५ मा स्वदेश फर्किनेछन्।