• बैशाख २६ २०८३, शनिबार

दाहालको युटर्न : एमसीसीमा हन्डर खाएपछि ‘एक चीन नीति’को पक्षमा देखिए दाहाल

श्रावण २० २०७९, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल र आफ्नो पार्टी एक चीन नीतिप्रति प्रष्ट रहेको बताएका छन् ।

शुक्रबार आफ्नो सचिवालयमार्फत् धारणा सार्वजनिक गर्दै अध्यक्ष दाहालले नेपाल र माओवादी केन्द्र एक चीन नीतिप्रति प्रष्ट रहेको बताएका हुन् ।

उनले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । प्रचण्डको सचिवालयका तर्फबाट रमेश मल्लले लेखेका छन्, ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’

चीनको चर्को विरोधका बाबजुद पनि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले दुई दिन अघि ताइवानको भ्रमण गरेकी थिइन् ।