• जेष्ठ २ २०८३, शनिबार

दुबईबाट बेरुवा औंठी लिएर आउँदै गरेका २ जना विमानस्थलबाटै पक्राऊ

श्रावण २० २०७९, शुक्रबार

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आउँदै गरेका २ जना यात्रुले विमानमै शंकास्पद गतिविधि गरेपछि उनीहरु पक्राउ परेका छन् ।

उनीहरुको गतिविधि शंकास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको हो ।

चेकजाँचका क्रममा उनीहरुले सुनको बेरुवा औंठीहरु अवैधरुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरनमा बुझाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मोरङ विराटनगर म.न.पा.वडा नं. १५ रामपुर स्थायी ठेगाना भएका विवेक तिम्सिनाको साथबाट धातुको बेरुवा औंठी थान–२ (दुई) को अन्दाजी तौल ८० ग्राम प्रहरीले फेला पारेको छ ।

त्यस्तै काठमाडौं दक्षिणकाली न.पा.वडा नं. ४ स्थायी ठेगाना भएका साजन श्रेष्ठले साथबाट धातुको बेरुवा औंठी थान–२ (दुई) को अन्दाजी तौल ८० ग्राम पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।