काठमाडौं । आज (शक्रबार) पनि देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वमान महाशाखाले जनाएको छ ।
उक्त शाखाका अनुसार बिहानैदेखि गण्डकी, कर्णाली, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाद्वारा जारी बुलेटिनमार्फत जानकारी गराइएको छ ।
दिउँसो भने देशका केही स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने राती प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज पनि भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।