• बैशाख २६ २०८३, शनिबार

यसपटकको चुनाव त लड्नैपर्छ, नभए डरायो भन्लान् : माधव नेपाल 

श्रावण १९ २०७९, बिहीबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष  प्रधानमन्त्री माधवकुमार नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनाव लड्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा अध्यक्ष नेपालले यस पटकको चुनावमा प्रतिष्पर्धामा गएर जित्नैपर्ने दबाब रहेको बताए ।

उनले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने बताए ।

उनले शुक्रवार पाँच दलीय गठबन्धनको तर्फबाट आगामी निर्वाचनमा मिलेर प्रतिष्पर्धा गर्ने कुराको घोषणा हुने बताए ।