काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपाल आयल निगमको कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेको छ ।
अन्तरराष्ट्रिय मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरियोस् भन्ने माग राखेर आयल निगमको कार्यलयमा विरोध प्रर्दशन गरेको सो संगठनले जनाएको छ ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सो संगठनका अध्यक्ष मिलन राईले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे अनुसार नेपालमा पनि मूल्य घटाउने पर्ने माग सरकारसित राखे ।
साथै उनले मूल्य नघटाए देउवा सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिए । अन्तराष्ट्रिय बजारमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा मूल्य घटेको छैन । नेपाल सरकारले यसबारेमा खासै वास्ता नगरेको अध्यक्ष राईको भनाई रहेको छ ।
नेपाली जनताको दैनिक जीवन सहज बनाउनका लागि सरकारले छिटो भन्दा छिटो महँगी नियन्त्रण गर्नुपर्ने पनि उनको भनाई रहेको सन्ध्या मगरले जानकारी दिइन् ।