• जेष्ठ २ २०८३, शनिबार

कोसी नदी पसेपछि उदयपुरको बेलकाका हजारौँ बासिन्दा विस्थापित

श्रावण १९ २०७९, बिहीबार

उदयपुर ।  निरन्तर वर्षाका कारण जिल्लाको बेलका नगरपालिकाको सप्तकोसी क्षेत्रका एक हजार ५०० आफैं सुरक्षित स्थानतर्फ सारिएको छ

नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार कोसीको बाढीले नगरको वडा नं ३ र ८ मा प्रवेश गरेर कटान गरेपछि एक हजार जनालाई नगरको विभिन्न सुरक्षित स्थानका विद्यालयमा लगेर राखिएको छ ।

नगरको श्रीलङ्का टापु, सिसौलिया घाट, एबिसी, तपेश्वरी सातपत्रे सहितका स्थानमा कोसीले कटान गरेर पानी प्रवेश गरेपछि झण्डै एक हजार ५०० आफैं गाउँ छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ गएका नगरपालिकाकी उपप्रमुख जीरा राईले बताए ।

उनका अनुसार श्रीलङ्का टापु, सिसौलिया र एबिसी क्षेत्रका टापुमा बसोबास गर्ने मानिस नगरको अन्यत्र स्थानमामा र अन्य पनि घर भएका कारण उनीहरु तत्काल दोस्रो स्थानमा वा आफन्त भएको सुरक्षितस्थलतर्फ गएका हुन् । बाढीका कारण पीडित बनेका नगरको वडा नं ३ र ८ का हजार जनतालाई नगरपालिकाले सेतीखोला, बानडाँडा, तपेश्वरी र सातपत्रेका विभिन्न मावि तथा निमाविसहित आधारभूत विद्यालयमा राखिएको छ ।