• जेष्ठ २ २०८३, शनिबार

द्वन्द्व र अशान्ति फैलाउने गतिविधि रोक्न अमेरिकालाई चन्दको आग्रह

श्रावण १९ २०७९, बिहीबार

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्दले अमेरिकालाई  द्वन्द्व  र अशान्ति गर्ने साम्राज्यवादी गतिविधि रोक्न आग्रह गरेका छन् ।

चन्द नेतृत्वको नेकपाको अन्तराष्ट्रिय विभागले जारी गरेको विज्ञप्तिमा अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनको अनुमतिबिना ताइवान भ्रमण गरेर द्धन्द्ध निम्याउन खोजेको उल्लेख गरेका छन् ।

विश्वका सबै देशहरुले ताइवानलाई चीनको भूभाग मानिरहेको सन्दर्भमा एक चीन नीति विपरित पेलोसीले भ्रमण गरेको विप्लवले बताएका छन् ।

‘यो भ्रमणले चीन र ताइवानबीच थप द्धन्द्ध मात्रै चुलिएको छैन । एक स्वाधीन राष्ट्रमाथि अमेरिकी साम्राज्यवादले आफ्नो पुरानो चरित्र फेरि नांगो रुपमा विश्व सामु देखाएको छ’ विज्ञप्तिमा उल्लेख छ ।