• जेष्ठ २ २०८३, शनिबार

धादिङमा सुन,अमेरिकी डलर र पेस्तोलसहित दुई जना पक्राउ

श्रावण १९ २०७९, बिहीबार

काठमाडौं । धादिङ प्रहरीले पेस्तोल, २० राउण्ड गोली र सुनसहित दुई जना पक्राउ गरेको छ । लपाङफेदीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ज ६७५३ नम्बरको बस चेकजाँचको क्रममा दुई जनालाई पक्राउ गरेको हो

निलकण्ठ नगरपालिका–३ धादिङबेसी थोपल खोलास्थित सडकबाट बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु १ थान र अमेरिकी डलर जस्तो देखिने ५० दरको नोट ९७ थान र १०० दरको नोट १ सय ६३ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा खनियाबास गाउँपालिका–४ बस्ने बेग बहादुर तामाङ र शोभा तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त पहेंलो धातु र अमेरिकी डलर जस्तो देखिने नोटसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले बेगबहादुर तामाङको घर खनतलासी गर्दा घरमा लुकाई राखेको २ थान सेमी अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने गोली २० राउण्ड‚ १ थान कटुवा पेस्तोल र बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु ५ थान फेला पारी बरामद गरेको जनाएको छ ।