• जेष्ठ २ २०८३, शनिबार

बौद्धमा नक्कली कस्मेटिक सामान उत्पादन गर्ने  कारखानामा प्रहरीको छापा

श्रावण १८ २०७९, बुधबार

काठमाडौं ।  प्रहरीले नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कस्मेटिक कारखानामा छापा मारेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बौद्ध नयाँ बस्तीमा रहेको कस्मेटिक सामग्री उत्पादन गर्ने कारखानामा प्रहरीले छापा मारेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले सो कारखानामा छापा मारिएको जानकारी दिएका हुन् । सो कारखाना दीपिका अग्रवाल उनका पति राहुल अग्रवाल र भाइ रोहित अग्रवालले सञ्चालन गरेका हुन् ।

सो कम्पनीले नाम चलेका कम्पनीको स्टिकर टाँसेर बजारमा कमसल सामान उत्पादन गरेर बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

कारखानामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५ करोड भन्दा बढीको सामान भेटेको र सिल गरेको छ ।