• जेष्ठ २ २०८३, शनिबार

नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कम्पनी प्रहरीद्धारा सिल

श्रावण १८ २०७९, बुधबार

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६ बौद्ध नयाँ बस्तीमा रहेको कस्मेटिक सामग्री उत्पादन गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कम्पनीमा छापा मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए ।

सो कारखाना दीपिका अग्रवाल ,उनका पति राहुल अग्रवाल र भाइ रोहित अग्रवालले संचालन गरेका हुन् । सो कम्पनीले कमसल सामान उत्पादन गरेर नाम चलेका कम्पनीको स्टिकर टाँसेर बजारमा बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

कारखानामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिल गरेर अनुसन्धान थालेको छ । कारखानामा ५ करोड भन्दा बढीको सामान भेटिएको छ ।